वर्डप्रेस वेवसाईट कसरी वनाउने – सुरुवात ?
वधाई छ, तपाईले विश्वभर छरिएर रहेका आफ्नो ग्राहकहरुको लागी अर्को २४/७ पशल खोल्ने सोच वनाईरहनुभएको छ। यसको लागी तपाई सही ठाउँमा आईपुग्नुभएको छ। ढिला नगरीकन सुरु गरौ, आवश्यकताहरु के के हुन् भन्ने जानकारी सहित।
-
डोमेन नाम : तपाई वेवसाईट वनाउने सोचमा हुनुहुन्छ भने, पहिलो आवश्यकता डोमेन नामको हुनेछ। त्यो भनेको, तपाईको वयवशायलाई ग्राहक र समाजमा चिनाउने, तपाईको व्यवशायको नाम जस्तै, विश्वभरिको ईन्टरनेटको दुनियामा तपाईको व्यवशाय चिनाउने नाम हो। उदाहरणको लागी (www.merobusiness.com) स-शुल्क (वार्षिक लगभग रु ११००|-) वा नेपालमा मर्कन्टाईल कम्युनिकेशन (http://register.com.np/) बाट (.np) सहितको निशुल्क पाईन्छ। डोमेन चाहिएमा मलाई पनि सम्पर्क गर्नसक्नुहुन्छ।
-
होस्टिङ प्याकेज : तपाईको वेवसाईटको सामग्री जस्तै फोटोहरु, कोडहरु, लेखहरु, प्रोफाईलहरु हामीले जहिलेपनि जहाँबाटपनी हेर्न मिल्नको लागी, कतै न कतै (सर्भर) कम्प्युटरमा सुरक्षित राखीएकै हुनपर्छ। त्यो राख्दाखेरी हाम्रो जस्तो साधारण कम्प्युटरमा राख्न सम्भव हुँदैन, त्यसैले सुरक्षीत रहेन, ईन्टरनेटको गती छिटो छिटो भएको कम्प्युटरमा केही भाग ठाउँ हामिले हम्रो वेवसाईटको लागी वार्षिक रुपमा किन्नुपर्ने हुन्छ। यसलाई होस्टिङ भनिन्छ र साधारणतया होस्टिङको लागी रु २००० देखी साईज हेरेर १०,०००/- सम्म तिर्नुपर्ने हुन्छ। यदि तपाईलाई निशुल्क होस्टिङ चाहिएको छ भने www.000webhost.com मा जानुहोला तर यसमा कुनै व्याकअप र सेवा हुनेछैन। वेवसाईट होस्टिङ भनेको पशल सन्चालन गर्नकोलागी ठाउँ भाडामा लिनुजस्तै हो। सुरक्षित र राम्रो होस्टिङ चाहिएमा मलाई पनि सम्पर्क गर्नसक्नुहुन्छ।
-
सन्गर्भ सामग्रीहरु : तपाई सँग डोमेन नाम र होस्टिङ हुनुभनेको पशल भाडामा लिएर, दर्ता गरिसक्नु र डेकोरेसन गर्न ठिक हुनु जस्तै हो। वेवसाईट वनाउने भनेको, तपाईले आफ्नो व्यापार व्यवशाय, सेवा अथवा सुविधाहरु आकर्षक रुपमा ग्राहक समक्ष देखाउने हो। ति सामग्रीहरु देखाउनको लागी चाहिने फोटोहरु, लेखहरु र अन्य सवै किसीमको प्रचार सामग्रीहरु तयार गर्नु तेस्रो महत्वपुर्ण काम हो।
-
डिजाईन, कोडीङ र लेखहरु : वेवसाईट वनाउँदा यो भाग विषेस महत्वको हुनेगर्दछ। वेवसाईटको पेजहरु कस्तो देखाउने, रंङ्गहरु कस्तो प्रयोग गर्ने? लेख वा विवरणहरु कसरी लेख्ने, के-के राख्ने वा नराख्ने अनि वेवसाईट हेर्ने मान्छेलाई कुन-कुन सेवा दिने वा नदिने सम्वन्धि सवै कुराहरु यस भित्र पर्दछ। यसवाट नै वेबसाईटको सवै कुराहरु परिवर्तन गर्न सकिन्छ।
-
Search Engine Submission र वेवसाईट अध्यावधिक : Search Engine Submission भनेको Google, Yahoo, MSN जस्ता सर्च ईन्जिनमा हामिले वनाएको वेवसाईट पनि समावेस गर्नको लागी अनुरोध पठाउनू हो। यसको उद्देश्य, यदी कसैले Google मा हाम्रो कम्पनिको नाम राखेर खोज्यो भने हाम्रो कम्पनिको वारेमा जानकारी पाउन सक्ने वनाउनु हो। यसका अलवा Blog सेक्सनमा समय सापेक्ष समाचार, सम्वन्धित लेख र रचनाहरु प्रकासन गर्न सकेमा वेवसाईट हेर्ने मानिसहरु वढाउन सकिन्छ।